काठमाण्डौ, २३ जेठ २०८३।
टिकटकमा नेपाली ब्रोको रूपमा परिचित कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। काठमाण्डौको बालाजुमा आफ्नै श्रीमती इश्वरी भुजेलको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्। वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा उनी नेपाली ब्रोको रुपमा परिचित थिए।

प्रहरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले श्रीमती ईश्वरी भुजेललाई घरायसी विवादका कारण फलामको रडले हानेका थिए। फलामे रडको चोट खाएकी भुजेललाई तत्काल उद्धार गरी तारकेश्वर सिटी अस्पताल पुर्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शिक्षण अस्पताल लगिएकोमा बेलुका साढे ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
स्रोतका अनुसार थापा दम्पतीबीच विगत केही समयदेखि सम्बन्धमा तनाव थियो। उनीहरूको सम्बन्ध वि’च्छेदसम्बन्धी मुद्दा अदालतमा अन्तिम सुनुवाइ आज भएको बुझिएको छ। सोही वि’वाद च’र्किएर घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको छ। आरोपी कुमार थापाको अवस्था र कानुनी प्रक्रियाबारे भने प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।