तनहुँको आँबुखैरेनी नजिकै बोलेरो र कन्टेनर एकापसमा ठोक्किए : दुई जना घाईते

तनहुँको आँबुखैरेनी नजिकै बोलेरो र कन्टेनर एकापसमा ठोक्किए : दुई जना घाईते


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • 1.5K
    Shares

आँबुखैरेनी दुर्घटना

पोखरा, २२ जेठ २०८३।

बोलेरो र कन्टेनर एकापसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा दुई जना घाईते भएका छन्।

मुग्लिनबाट डुम्रे तर्फ जाँदै गरेको ना.३ च. ९६२२ नंको तरकारी बोकेको बोलेरो र बिपरीत दिशाबाट आउँदै गरेको बा. २ ख. २०७० नं को कन्टेनर तनहुँको आँबुखैरेनी नजिकै पृथ्वीराजमार्ग सडक खण्डमा एकआपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा दुई जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा बोलेरोमा सवार चालक सहित दुई जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । उक्त घाईते हुनेमा चालक जिल्ला तनहुँ ब्यास न. पा.१२ बस्ने बर्ष-३१ को सुनिल बि. क. गम्भीर घाईते रहेका छन् भने भानु न. पा.१२ बस्ने बर्ष१९ को रितीक अधिकारीकाे टाउको र दायाँ खुट्टामा चोट लागेकाे अबस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया