रोल्पा जीप दुर्घटना अपडेट : मृत्यु भएका तीनै जनाको खुल्यो पहिचान

रोल्पा जीप दुर्घटना अपडेट : मृत्यु भएका तीनै जनाको खुल्यो पहिचान


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २१ जेष्ठ २०८३
  • 1.5K
    Shares

पोखरा , २१ जेठ २०८३।

रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित शहिद मार्गको कालापहर क्षेत्रमा बिहीबार बिहान भएको बोलेरो जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।

दुर्घटनामा चालक दाङको घोराही उपमहानगरपालिका–७ देसाही निवासी अन्दाजी २५ वर्षीय वीरबहादुर चौधरी, दाङको दंगीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ४० वर्षीय जिउधन चौधरी तथा उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालापहर क्षेत्रमा  अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ। प्रहरीका अनुसार दुर्घटनाग्रस्त डबल क्याब जिपमा जस्तापाता र प्लास्टिकका पाइप लोड गरिएको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रतिक्रिया