रोल्पाको घर्तिगाउँस्थित शहिद मार्गमा गाडी दुर्घटना, उद्धार कार्य जारी

रोल्पाको घर्तिगाउँस्थित शहिद मार्गमा गाडी दुर्घटना, उद्धार कार्य जारी


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २१ जेष्ठ २०८३
  • 2.1K
    Shares

रोल्पा, जेठ २१ २०८३।

रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित व्याङखोला क्षेत्रमा रहेको शहिद मार्गमा बिहीबार बिहान गाडी दुर्घटना भएको छ।

इलाका प्रहरी कार्यालय घर्तिगाउँका अनुसार बिहान करिब ८ बजे दुर्घटनाबारे सूचना प्राप्त भएको हो। दुर्घटना भएको स्थान भीरालो तथा दुर्गम भूभागमा पर्ने भएकाले घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थल इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट करिब ४ किलोमिटर पूर्व–दक्षिण दिशामा पर्दछ। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ भने उद्धार तथा घटनाको यथार्थ विवरण संकलन गर्ने कार्य जारी रहेको बताइएको छ।

दुर्घटनामा संलग्न सवारीसाधनको पहिचान, यात्रुको संख्या तथा मानवीय क्षतिसम्बन्धी विवरण तत्काल खुल्न सकेको छैन। भीरालो भूभागका कारण उद्धार र जानकारी संकलनमा कठिनाइ भइरहेको जनाइएको छ।

प्रतिक्रिया