पर्वतमा ट्रक–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पर्वतमा ट्रक–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २१ जेष्ठ २०८३
  • 1.9K
    Shares

पोखरा, २१ जेठ २०८३।

पर्वतको कुश्मा नगरपालिका–२ अर्मादी घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल बुधबार दिउसो ३:५५ बजे एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ निवासी अन्दाजी ४० वर्षीय हिरा गर्बुजा तथा मोटरसाइकलको पछाडि सवार कुश्मा नगरपालिका–१ पाङ निवासी अन्दाजी ४१ वर्षीय सुर्जन भण्डारी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रदेश अस्पताल कुश्मा मा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी अन्दाजी ३५ वर्षीय मनोज थापा लाई ट्रकसहित नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रतिक्रिया