बाजुरामा मध्यराति युवकको हत्या, किशोर पक्राउ

बाजुरामा मध्यराति युवकको हत्या, किशोर पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २१ जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा, २० जेठ २०८३।

बाजुरामा गएको मध्यराती एक युवाको हत्या भएको छ । बुढीनन्दा नगरपालिका–६ कोटिला बस्ने ३२ वर्षीय निर रावतको बुधबार राति हत्या भएको हो।

आपसी विवादका क्रममा १९ वर्षीय टेकेन्द्र रावतले रावतलाई ढुंगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिएका छन्। हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकेन्द्र रावतलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले राति नै पक्राउ गरेको हो। मृतकको शव घटनास्थलमै रहेको छ । घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया