भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या : आठ वर्षीय छोरा घाइते

भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या : आठ वर्षीय छोरा घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २१ जेष्ठ २०८३
  • 1.6K
    Shares

श्रीमानद्वारा कुटपिट

पोखरा , २१ जेठ २०८३।

भक्तपुरमा एक ब्यक्तिले आफ्नै श्रीमतीको खुकुरीले हानेर हत्या गरेका छन्भने आठ वर्षीय छोरा घाइते भएका छन्।

भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै बुधबार साँझ करीब पौने आठ बजेको समयमा काठमाडौं शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भएका ३८ वर्षीय विदुर विश्वकर्माले आफ्नै ३३ वर्षीय श्रीमती सलिना तोलाङ्गे विश्वकर्मालाई खुकुरीले हानेर हत्या गरेका हुन्।

निज विदुर विश्वकर्माले घरायसी बिबादका क्रममा घरायसी बिबादका क्रममा श्रीमतीलाई खुकुरीले हान्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सुचना अधिकारी डिएसपी प्रकाश जबेगुले जानकारी दिए। श्रीमान -श्रीमतीबीच भएको झगडा छुट्टाउन गएका आठ वर्षीय छोरा त्रिशल विश्वकर्मा घाइते भएको प्रहरीले बताएको छ।

घाइते छोरा त्रिशल विश्वकर्मालाई उपचार गरेपछि आवश्यक संरक्षणको लागि परिसर भक्तपुरको बाल मैत्री कक्षमा राखिएको र श्रीमतीको हत्या गर्ने विदुर विश्वकर्मालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

सांकेतिक चित्र

प्रतिक्रिया