जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ

जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २१ जेष्ठ २०८३
  • 1.3K
    Shares

काठमाडौं, २० जेठ २०८३।

रामजनाकी हेल्थ फाउन्डेसनका अध्यक्ष एबम जानकी मेडिकल कलेजको अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।

कृत्रिम व्यवसाय खडा गरेर पटकपटक कर्जा दुरुपयोग गरेको आरोपमा अध्यक्ष पाण्डे पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई आज धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ को रमदैयामा रहेको जानकी मेडिकल कलेजबाट पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रहरीले पाण्डेबिरुद्ध इन्स्टिच्युट अफ ऐग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्स प्रा.लि नामक कृत्रिम व्यवसाय खडा गरेर कर्जा गुरुपयोग गरेको आरोप लगाएको छ। पाण्डेले महोत्तरीको वर्दिवास नगरपालिका वडा नम्बर ६ मा कृत्रिम कम्पनी खडा गरेर बिना डिपिआर र धितोको अस्वभाविक रूपमा बढी मूल्याङ्कन गरेर कर्जा लिएको ब्युराेले जनाएको छ ।

उनले प्रभु बैंकबाट लुन प्रयोजनका लागि कर्जा लिएका हुन् सोही ठाउँमा प्रयोग नगरी पटक पटक दुरुपयोग गरेको ब्युरोको आरोप छ । ब्युरोले उच्च अदालत पाटबाट २०८२ मङ्सिर २८ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएको थियो ।

प्रतिक्रिया