धादिङमा तीर्थयात्री बोकेको मारुती इको भ्यान दुर्घटना : सात जना घाइते

धादिङमा तीर्थयात्री बोकेको मारुती इको भ्यान दुर्घटना : सात जना घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, २० जेष्ठ २०८३
  • 1.8K
    Shares

पोखरा, २० जेठ २०८३।

धादिङमा तीर्थयात्री बोकेको कार दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

भक्तपुरबाट त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाममा दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री सवार बागमती प्रदेश बि ए एफ ०२२३ नम्बरको मारुती इको भ्यान धादिङको नीलकण्ठ नगरपालिका–१० मा दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका हुन्। घाइतेहरुको उद्धार गरी उपचारका लागि सदरमुकाम धादिङबेंशी पठाइएको प्रहरीले जानकारी दिएको छ।

सडकबाट करिब डेढ सय मिटर तल खसेर उक्त दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । भक्तपुरबाट त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाममा दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री सवार उक्त भ्यान सडकबाट करिब १५० मिटर तल खसेको हो । घाइतेहरूको उद्धार गरी सदरमुकाम धादिङबेँसी ल्याइएको छ ।

प्रतिक्रिया