आफ्नो ब्यबसाय सुकाउन लागिएको भन्दै पोखराको न्युरोडका ब्यबसायी महानगरबिरुद्ध आन्दोलित : मेयर आचार्यलाई पसलको तालाचाबी बुझाउने चेतावनी

आफ्नो ब्यबसाय सुकाउन लागिएको भन्दै पोखराको न्युरोडका ब्यबसायी महानगरबिरुद्ध आन्दोलित : मेयर आचार्यलाई पसलको तालाचाबी बुझाउने चेतावनी


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, २० जेष्ठ २०८३
  • 3.2K
    Shares

पोखरा, २० जेठ २०८३।

https://www.facebook.com/share/v/1DzwCLmu97

आफ्नो ब्यबसाय सुकाउन लागिएको भन्दै पोखराको न्युरोडका ब्यबसायीहरुले पोखरा महानगरपालिकाबिरुद्ध आन्दोलन शुरु गरेका छन्।

महानगरपालिकाले सडकको एक किनार मात्रै पार्किङ निषेध गरेर आफ़ुहारुको व्यापार व्यवसाय प्रभावित भएको भन्दै पोखरा न्युरोडका व्यवसायीहरू महानगरबिरुद्ध आन्दोलनमा उत्रिएका हुन्।

<iframe src=”https://www.facebook.com/plugins/video.php?height=307&href=https%3A%2F%2Fwww.facebook.com%2Freel%2F1686113916064324%2F&show_text=true&width=560&t=0″ width=”560″ height=”422″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>

राज रम्तेलको नेतृत्वमा न्युरोड पार्किङ् ब्यबस्थापन समिति बनाएका न्युरोडका ब्यबसायीहरुले आफ्ना पसल अगाडी “दुवैतर्फ ब्यबथित पार्किङको ब्यबस्थापन गरौँ” भन्ने ब्यानर राखेर सांकेतिक बिरोध पनि शुरु गरिसकेका छन्।

उनीहरुले राखेको ब्यानरमा “दुवैतर्फ व्यवस्थित पार्किङको व्यवस्था गरौं, व्यवसायीलाई व्यवसायबाट पलायन हुनबाट रोकौं, व्यवसायीको लगानीको संरक्षण गरौं” भन्ने नारा लेखिएको छ।

व्यवसायीहरूको भनाइमा पार्किङ प्रतिबन्धका कारण ग्राहकको आवागमन घटेको छ भने व्यापारमा प्रत्यक्ष असर परेको छ। उनीहरूले व्यवस्थित पार्किङ व्यवस्थापनको विकल्प नदिई गरिएको प्रतिबन्धले साना तथा मझौला व्यवसायीहरू बिस्थापित् हुने अवस्थामा पुगेको गुनासो गरेका छन्मा।

व्यवसायीहरूले सडकको क्षमता, पैदल यात्रु र सवारी व्यवस्थापनलाई ध्यानमा राख्दै दुवैतर्फ व्यवस्थित पार्किङको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

आन्दोलनरत एक व्यवसायीले आफ्नो माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्न र केही सिप नलागे आफ्नो पसलको चाबी पोखरा महानगरका मेयर धनराज आचार्यलाई बुझाइने बताए।

पोखरा न्युरोडका ब्यबसायी शरण त्रिपाठी फुटपाथ कति हो महानगरले एकिन गरिदिनुपर्ने, पार्किङ्को उचित ब्यबस्थापन तोकिदिनु पर्ने जिकिर गर्छन।

उनीहरूका अनुसार व्यापारिक केन्द्रका रूपमा परिचित न्युरोडको आर्थिक गतिविधि जोगाउन पार्किङ व्यवस्थापनको दीर्घकालीन समाधान आवश्यक रहेको छ।

प्रतिक्रिया