राती सुत्न गएकी युवती बिहान कालीगण्डकी नदी किनारमा मृत भेटिइन्

राती सुत्न गएकी युवती बिहान कालीगण्डकी नदी किनारमा मृत भेटिइन्


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, १९ जेष्ठ २०८३
  • 2.5K
    Shares

अस्मिता सारु

पोखरा, १९ जेठ २०८३।

राती आफ्नो घरकोठामा सुत्न गएकी एक युवती बिहान कालीगण्डकी नदी किनारमा मृत भेटिएकी छिन।

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर -८ झेरुछाप बगनासी गाउँस्थित आफ्नो घरकोठामा सुत्न गएकी अस्मिता सारु आज कालीगण्डकी नदीको किनारमा मृत भेटिएकी हुन्।

उनी आज रामपुर नगरपालिका वडा नम्बर ८ खैरेनी सामुदायिक वन नजिक कालीगण्डकी नदी किनारमा मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

आइतबार राती घरमा नै सुतेकी उनी सोमबार बिहान नउठेपछि उठाउन जादा कोठामा नभएकी परिवारले जनाएको थियो । खोजीको क्रममा निर्दिम झोलुङ्गेपुलमा उनको मोबाइल फेला परेको थियो । प्रहरी, आफन्ती स्थानीयले खोजी गर्ने क्रममा डेढ किलोमिटर तल कालीगण्डकी नदीमा शब फेला परेको हो ।

प्रतिक्रिया