अवैध क्रिप्टो कारोबारमा संलग्न मेडिकल डाक्टर चितवनबाट पक्राउ : १७ थान मोबाइल र ३० हजार डलर बरामद

अवैध क्रिप्टो कारोबारमा संलग्न मेडिकल डाक्टर चितवनबाट पक्राउ : १७ थान मोबाइल र ३० हजार डलर बरामद


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, १९ जेष्ठ २०८३
  • 1.5K
    Shares

चितवन, १९ जेठ २०८३।

नेपालमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध सञ्चय, कारोबार तथा डिजिटल ठगीमा संलग्न रहेको अभियोगमा चितवन प्रहरीले एक मेडिकल डाक्टरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको हंसपुर नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नं. १०, चित्रसेन टोलमा डेरा गरी बस्ने २९ वर्षीय डा. पप्पुकुमार यादव रहेका छन्। उनी भरतपुरस्थित एक स्थानीय अस्पतालमा मेडिकल डाक्टरका रूपमा कार्यरत थिए।

यसरी भए पक्राउ:
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा. यादवले आफ्नो कोठाबाट विभिन्न मोबाइल तथा इलेक्ट्रोनिक्स डिभाइसहरूको प्रयोग गरी नेपालमा गैरकानुनी मानिएको वाइनान्स (Binance)बाइबिट (Bybit) जस्ता एप्लिकेसनहरू मार्फत क्रिप्टोकरेन्सीको नेटवर्क चलाइरहेको विशेष गोप्य सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष टोलीले जेठ १५ गते साँझ साढे ६ बजे उनलाई भरतपुरस्थित डेराबाटै नियन्त्रणमा लिएको हो।

ठूलो परिमाणमा डलर र मोबाइल बरामद:
प्रहरीले कानुन बमोजिम डा. यादवको शरीर तथा कोठा खानतलासी गर्दा उनको साथबाट अवैध रूपमा राखिएको ३० हजार अमेरिकी डलर (नगद) बरामद गरेको छ। यसका साथै क्रिप्टोकरेन्सी कारोबार र नेटवर्क सञ्चालनका लागि प्रयोग गरिएका विभिन्न कम्पनीका १७ थान बहुमूल्य टचस्क्रिन स्मार्टफोन र ३ थान किप्याड गरी जम्मा २० थान मोबाइल फोनहरू समेत प्रहरीले बरामद गरेको छ।

थप अनुसन्धान जारी:
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (DSP) चन्द्रभूषण यादवका अनुसार पक्राउ परेका डा. यादवमाथि अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। उनले डिजिटल प्रविधिको दुरुपयोग गरी हालसम्म कति व्यक्तिलाई ठगी गरे र कति रकमको अवैध कारोबार गरे भन्नेबारे प्राविधिक पक्षहरू समेटेर थप गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी, बिटकोइन, तथा डिजिटल नेटवर्किङ मार्केटिङलाई पूर्ण रूपमा अवैध घोषणा गरेको अवस्थामा यस्तो अवैध धन्दामा शिक्षित वर्ग र चिकित्सक नै संलग्न पाइनुले प्रहरी अनुसन्धानलाई थप चुनौतीपूर्ण बनाएको छ।

रकानुनी रूपमा क्रिप्टोकरेन्सीको सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा.पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डाक्टर यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका छन्। धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बसोबासी डा.यादवका बारेमा अनुसन्धान गर्दा उनी अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेलापरेको हो।

भरतपुरको एक अस्पतालमा कार्यरत डाक्टर यादवले हालसम्म के–कति व्यक्तिबाट कति ठगी गरे भन्नेबारेमा स्रोत खुल्दै गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए।

प्रतिक्रिया