भोटेकोशी हेली रिसोर्टका सञ्चालक प्रधान कास्की कारागार चलान

भोटेकोशी हेली रिसोर्टका सञ्चालक प्रधान कास्की कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ जेष्ठ २०८३
  • 2.1K
    Shares

भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधान

पोखरा , १९ जेठ २०८३।

भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधान कास्की जिल्ला कारागार चलान भएका छन्।

कास्की जिल्ला अदालतले तोकेको ४० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि प्रधान सोमबार कास्की कारागार चलान भएका हुन्।

७ करोडको चेक बाउन्स भएको सम्बन्धि बैंकिङ कसुर मुद्दामा पक्राउ परेका प्रधानलाई कास्की जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको थियो। बुझाउन नसकेपछि कारागार चलान भएका छन्।

कास्की जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटी माग गरेकोमा उनले धरौटी रकम नबुझाएपछि उनलाई कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ।

चिनबहादुर रानाभाट को जाहेरीका आधारमा पक्राउ परेका प्रधानले शेयर खरिदबापत सात करोड रुपैयाँको चेक दिएका थिए। चेक सटही नभएपछि बैंकिङ कसुरमा मुद्दा दायर गरिएको थियो।

उक्त रिसोर्ट ऋण तिर्न नसकेपछि नेपाल बैंक लिमिटेड ले समेत लिलामी प्रक्रिया अघि बढाएको छ। करिब ७० करोड रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्टको लिलामी २०८३ असार ५ गतेका लागि तय गरिएको छ।

प्रतिक्रिया