सुर्खेतको कपडा पसलमा झन्डै तीन करोड रुपियाँ बराबरका सुनका गरगहना बरामद : ब्यापारी श्यामसुन्दर अग्रवाल पक्राउ

सुर्खेतको कपडा पसलमा झन्डै तीन करोड रुपियाँ बराबरका सुनका गरगहना बरामद : ब्यापारी श्यामसुन्दर अग्रवाल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ जेष्ठ २०८३
  • 2.8K
    Shares

पोखरा , १९ जेठ २०८३।

सुर्खेतको बीरेन्द्रनगरस्थित एक कपडा पसलमा छापा मारेर प्रहरीले झन्डै तीन करोड रुपियाँ बराबरका सुनका गरगहनासहित ब्यापारी अग्रवाललाई पक्राउ गरेको छ।

वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलमा छापा मारेर प्रहरीले झन्डै तीन करोड रुपियाँ बराबरका सुनका गरगहनासहित ब्यापारी अग्रवाललाई पक्राउ गरेको हो ।

प्रहरीले विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा (पोका) र डिब्बा गरी १८५ थान अनुमानित रु तीन करोड बराबरको सुनचाँदीका गरगहना, विभिन्न दरका नेपाली रुपैयाँ दुई लाख १९ हजार ५००, विभिन्न दरका भारतीय रुपैयाँ आठ लाख ११ हजार ९००, नगद र रुपैयाँ गन्ती गर्न प्रयोग हुने मेशिन एक थान र बरामद पनि सोहि कपडा पसलबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।

पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार