पोखरा , १९ जेठ २०८३।
पर्वतको सोडे गौडामा सोमबार साँझ जिप दुर्घटनाग्रस्त हुँदा तीन जना घाइते भएका छन्।
पर्बत जिल्लाको कुस्मा नगरपालिका वडा नम्बर १४ सोडे गौडामा सोमबार साँझ करीब पौने नौ बजेको समयमा जीप दुर्घटनाग्रस्त हुँदा तीन जना घाइते भएका हुन्।
रास्ट्रिय स्वतन्त्र पार्टी पर्बत जिल्ला सभापति रुद्रप्रसाद शर्माका अनुसार , उक्त दुर्घटनामा गम्भीर घाइते भएका केशब पौडेलको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिकको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भैरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको छ। सोही दुर्घटनामा घाइते भएका राजेन्द्र पौडेल र समीर पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्राप्त समाचारमा जनाइएको छ। तस्बिर : रुद्रप्रसाद शर्मा
