अमेरिकासँग जारी वार्ता रोक्ने इरानको घोषणा

अमेरिकासँग जारी वार्ता रोक्ने इरानको घोषणा


  • एजेन्सीहरु
  • मंगलबार, १९ जेष्ठ २०८३
  • 950
    Shares

पोखरा , १९ जेठ २०८३।

इरानले अमेरिकासँग जारी रहेको वार्ता रोक्ने घोषणा गरेको छ।

इरानले मध्यस्थतामार्फत अमेरिकासँग भइरहेको वार्ता स्थगन गर्ने निर्णय गरेको जनाकारी पठाएको छ । 

इरानको सरकारी समाचार एजेन्सी तस्निमका अनुसार इरानले युद्धविरामको एउटा सर्त लेबननमा पनि युद्ध रोक्न थियो तर लेबननसहित सबै मोर्चामा युद्धविराम उल्लंघन भइरहेको छ। त्यसैले इरानको वार्ता टोलीले अप्रत्यक्ष वार्ता रोक्ने निर्णय गरेको छ।

रिपोर्टअनुसार इजरायलले लेबनन र गाजामा आक्रमण तुरुन्तै बन्द नगरेसम्म र लेबननमा कब्जा गरिएका क्षेत्रबाट सेना पूर्ण रूपमा फिर्ता नभएसम्म कुनै वार्ता हुने छैन।

इरानको सैन्य र सुरक्षा संस्थाननिकट मानिने समाचार एजेन्सी तस्निमले लेखेको छ, ‘रेजिस्टेन्स फ्रन्ट र इरानले होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गर्ने र बाब अल-मण्डब स्ट्रेटसहित अन्य मोर्चालाई सक्रिय पार्ने र नयाँ मोर्चा खोल्ने लक्ष्य राखेका छन्।’

विदेशमन्त्री अब्बास अराघचीलगायत इरानका वरिष्ठ अधिकारीहरूले लेबननमा  इजरायलको आक्रमण रोक्नुपर्नेमा जोड दिएका छन्।

अराघचीले एक्समा लेखेका छन्, ‘कुनै एक मोर्चामा युद्धविराम उल्लंघन गरिनुलाई सबै मोर्चामा उल्लंघन मानिनेछ। युद्धविरामको कुनै पनि उल्लंघनको परिणामको जिम्मेवार संयुक्त राज्य अमेरिका र इजरायल हुनेछन्।’

प्रतिक्रिया