सुर्खेतको वीरेन्द्रनगरस्थित कपडा पसलबाट ठूलो परिमाणमा सुनका गहना र करिब सात लाख भारु बरामद

सुर्खेतको वीरेन्द्रनगरस्थित कपडा पसलबाट ठूलो परिमाणमा सुनका गहना र करिब सात लाख भारु बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ जेष्ठ २०८३
  • 1.7K
    Shares

पोखरा, १८ जेठ २०८३।

सुर्खेतको वीरेन्द्रनगरस्थित एक कपडा पसलमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा सुनका गहना र करिब सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ।

वीरेन्द्रनगर–६ तल्लोबजारस्थित एक कपडा पसलमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा सुनका गहना र करिब ७ लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार पसल सञ्चालक श्याम सुन्दर अग्रवालले सुन धितो राखेर चर्को ब्याजमा ऋण लगाउने गरेको सूचनाका आधारमा सोमबार छापा मारिएको हो।

प्रहरीले बरामद सुनको परिमाण एक किलोभन्दा बढी हुन सक्ने अनुमान गरेको छ, तर गहनाको तौल यकिन गर्न बाँकी छ। बरामद सामानको मुचुल्काका लागि सम्बन्धित सरकारी निकाय तथा सरोकारवालाका प्रतिनिधिलाई बोलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया