पोखरा, १८ जेठ २०८३।
डडेल्धुराबाट शुक्रबारदेखि बेपत्ता रहेको सशस्त्र प्रहरी जवानसहितका दुई जना मृत अवस्था भेटिएका छन् ।
बेपत्ता सशस्त्र प्रहरीको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भारततर्फको महाकाली नदी किनारमा र उनका मामा तीर्थबहादुर थापामगरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठेमा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।
डीएसपी सिंहले दिएको जानकारी अनुसार , डडेल्धुरातर्फ फेला परेका थापामगरको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ भने भारतीय भूमीमा मृत भेटिएका कारण सशस्त्र प्रहरी जवान पुनमगरको शव भारतीय प्रहरीले घटनास्थल मुचुल्का उठाउने कार्य सकेर उतैतिर लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनोद थापाले जानकारी दिए ।
अब भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई शव जिम्मा लगाउनेछन्। घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।