दैलेखमा बोलेरो जिप दुर्घटना : तीन जनाको मृत्यु, पांच जना घाइते

दैलेखमा बोलेरो जिप दुर्घटना : तीन जनाको मृत्यु, पांच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ जेष्ठ २०८३
  • 2.8K
    Shares

पोखरा, १८ जेठ २०८३।

दैलेखमा आज भएको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पांच जना घाइते भएका छन्।

सुर्खेतबाट कालीकोटका लागि छुटेको सुप ०१००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जिप सोमबार दिउँसो करिब १ बजे भैरवी गाउँपालिका–७ कालिगौडा भित्री सडक खण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो भने पांच जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३६ वर्षीय चालक कलबहादुर रोकाय, सोही गाउँपालिका–४ का ३९ वर्षीय मित्र सुनार र वडा नम्बर ६ की ६० वर्षीया पुल्तिसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

सोही दुर्घटनामा घाइते भएका पांच जना मध्ये दुई जनालाई थापा उपचारका लागि अन्यत्र पठाउने तयारी बैरहेको प्रहरीले बताएको छ। घाइते हुनेहरुमा शुभकालिका गाउँपालिका–४ का ३८ वर्षीय चक्र सुनार र ४७ वर्षीय नैने सुनार शुभकालिका–६ का २० वर्षीय भरत विक, कलम सुनार र सुमत विक को सोही अस्पतालमा भै रहेको प्राप्त जानकारीमा उल्लेख छ । 

एक्कासी ब्रेक फेल भएर जिप सडकदेखि अन्दाजी ३ सयदेखि ४ सय मिटर तल खसेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया