दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा बाबुछोराको मृत्यु

दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा बाबुछोराको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ जेष्ठ २०८३
  • 3K
    Shares

पोखरा, १८ जेठ २०८३।

दाङको तुलसीपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा बाबुछोराको मृत्यु भएको छ ।

साेमबार बिहान ६ः०० बजे तुलसीपुरको गुल्म चोकमा रा१ख२१९२ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको रा४प ३३९० नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको हो।

मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक होमराज पराजुलीले जानकारी दिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले बताएको छ । 

सोही दुर्घटनामा घाइते भएकी अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया