चिनियाँ मिसाइल’द्वारा अमेरिकी एफ-१५ लडाकू विमान खसालिएको अमेरिकी दाबी

चिनियाँ मिसाइल’द्वारा अमेरिकी एफ-१५ लडाकू विमान खसालिएको अमेरिकी दाबी


  • एजेन्सीहरु
  • सोमबार, १८ जेष्ठ २०८३
  • 2.5K
    Shares

पोखरा, १८ जेठ २०८३।

इरान-इजरायल बिचको लडाई युद्धबिराममा गैर रकिने अवस्था सिर्जना हुँदै जाँदा फेरी विश्वको मानचित्रमा अर्को विश्वयुद्ध हुन सक्ने संकेतहरु देखिएका छन्।

पश्चिम एसियामा जारी तनावका बीच गत महिना इरानको दक्षिण-पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी एफ-१५ई स्ट्राइक इगल (F-15E Strike Eagle) लडाकू विमानमा चीन निर्मित मिसाइल प्रयोग भएको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

विगत केही दशकयता पहिलोपटक शत्रुपक्षको गोलाबारीका कारण अमेरिकी लडाकू विमान खसेको यो घटनाले अमेरिका, चीन र इरानबीचको सम्बन्धमा नयाँ तरंग पैदा गरिदिएको छ।

अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार उक्त अत्याधुनिक विमानलाई काँधमा राखेर प्रहार गरिने मिसाइल (Man-portable air-defense system) द्वारा खसालिएको थियो। विमानमा सवार दुवै अमेरिकी सैनिकहरू सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए, जसमा पाइलटको ७ घण्टाभित्र र अर्का अधिकारीको दुई दिनपछि पहाडी क्षेत्रबाट उद्धार गरिएको थियो।

प्रतिक्रिया