पोखरा, १८ जेठ २०८३।
झापाको दमकमा बोराभित्र पोको पारिएको अवस्थामा मृत भेटिएको महिलाको सनाखत भएको छ।
उक्त शब दमक–८ बसन्त टोल निवासी की २१ वर्षीया रमा तिवारीको रहेको पुष्टि भएको छ। मृतकको बायाँ हातमा रहेको ट्याटुको आधारमा परिवारले आइतबार प्रहरीमा पुगेर शवको पहिचान गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले हत्या गरेर शव खोलामा फालिएको हुन सक्ने आशंकामा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। मृत्युको कारण भने अझै खुलेको छैन।
रमा जेठ १३ गते राति घरबाट निस्किएकी थिइन् र त्यसपछि सम्पर्कविहीन बनेकी थिइन्। जेठ १६ गते दमक–१० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा बाँधिएको अवस्थामा शव फेला परेको थियो। शव कुहिएको अवस्थामा रहेकाले तत्काल पहिचान हुन सकेको थिएन।