अछाममा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

अछाममा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते


  • जन संचार
  • शनिबार, १६ जेष्ठ २०८३
  • 1.5K
    Shares

पोखरा , १६ जेठ २०८३।

अछाममा जिप दुर्घटना हुुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते हुन् ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नविन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको शनिबार बिहान सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए ।

सोही दुर्घटनामा घाइते भएका मध्ये चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाहको अवस्था पनि गम्भीर रहेको छ । उनीहरुको पनि सुर्खेतमै उपचार भइरहेको छ ।

घाइते भएका स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया