अमेरिका र इरानबीच ६० दिनको युद्धविराम सहमति भएको दाबी

अमेरिका र इरानबीच ६० दिनको युद्धविराम सहमति भएको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • 4.5K
    Shares

पोखरा, १५ जेठ २०८३।

संयुक्त राज्य अमेरिका र इरान ६० दिनको युद्धविराम सम्झौतामा सहमत भएको दाबी गरिएको छ।

एक्सियोसको रिपोर्टअनुसार अब यसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम स्वीकृति दिन मात्र बाँकी छ।

दुई देशबिच एक समझदारीपत्र (एमओयू) मा सहमति भएको छ। यसको उद्देश्य युद्धविराम विस्तार गर्नु र इरानको आणविक कार्यक्रममा औपचारिक वार्ता सुरु गर्नु हो।

रिपोर्टमा भनिएको छ, ‘ट्रम्पले सम्झौतामा निर्णय गर्न केही दिन मागेका छन्। साथै इरानले पनि आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन।’

प्रस्तावित सम्झौताअन्तर्गत होर्मुज स्ट्रेटमा ढुवानी निर्बाध रूपमा जारी रहनेछ। अनि इरानले ३० दिनभित्र समुद्री खानी हटाउनुपर्नेछ भने जहाजसँग शुल्क लिइने छैन।

बदलामा अमेरिकाले आफ्नो नौसेना नाकाबन्दी बिस्तारै हटाउनेछ र इरानको तेल बिक्रीका लागि केही प्रतिबन्धमा राहत दिनेबारे छलफल गर्नेछ।

सम्झौतामा इरानले आणविक हतियार विकास नगर्ने वाचा पनि समावेश छ। सुरुवाती ६० दिन अत्यधिक समृद्ध युरेनियम र युरेनियम संवर्धनका विषयमा वार्ता हुनेछ।

प्रतिक्रिया