तनहुँको सत्रसयफाँटमा स्कुटर दुर्घटनाग्रस्त हुँदा गोरखाकी युवतीको मृत्यु

तनहुँको सत्रसयफाँटमा स्कुटर दुर्घटनाग्रस्त हुँदा गोरखाकी युवतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ जेष्ठ २०८३
  • 1.1K
    Shares

पोखरा, १४ जेठ २०८३।

तनहुँको सत्रसयफाँटमा स्कुटर दुर्घटनाग्रस्त हुँदा एक युवतीको मृत्यु भएको छ।

मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसयमा बुधबार बिहान करिब ७ः३० बजे स्कुटर दुर्घटनाग्रस्त हुँदा एक युवतीको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएकी गोरखा शहिद लखन गाउँपालिका ७ बुंकोट स्थित अधेरी गाउँकी २७ वर्षीया सम्पदा गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनीसंगै अर्को एक जना पनि घाइते भएको र उनको पहिचान खुलाउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया