भारत लैजाँदै गरिएको झन्डै पांच किलो लागू औषध अफिमसहित एक जना पक्राउ

भारत लैजाँदै गरिएको झन्डै पांच किलो लागू औषध अफिमसहित एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० जेष्ठ २०८३
  • 836
    Shares

सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित पिप्रहवास्थित सीमा क्षेत्रबाट झन्डै पांच किलो अफिम लगायतका अबैध लागू औषधसहित एक जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बाँकेको विशेष सुरक्षा अभियान अन्तरगत बीओपी कालाबन्जरबाट खटिएको गस्ती टोलीले पिप्रहवास्थित सीमा क्षेत्रमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा अफिम पांच किलो ५० ग्राम र चरेस पांच ग्रामसहित एक जनालाई पक्राउ गरेको ससश्त्र प्रहरीले जानकारी दिएको छ।

उल्लेखित लागू औषधसहित जुम्ला जिल्लाको साविक घोडेमहादेव गाविस–१, हाल तिला गाउँपालिका–७ स्थायी घर भई हाल कोहलपुर नगरपालिका–१० बस्दै आएका ६२ वर्षीय रण बहादुर रोकायलाई पक्राउ परेका प्राप्त समाचारमा जनाइएको छ। उनी नेपालबाट अवैध रूपमा भारततर्फ लागुऔषध लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामग्रीसँगै एउटा मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको बताइएको छ।

सीमा क्षेत्रमा बढ्दो अवैध गतिविधि नियन्त्रण गर्न नं. ३० गणका गणपति [गण प्रमुख] को प्रत्यक्ष निर्देशनमा केही दिनदेखि विशेष निगरानी र गस्ती बढाइएको थियो। सोही अभियानअन्तर्गत यो सफलता हात परेको सशस्त्र प्रहरीको दाबी छ।

प्रतिक्रिया