सङ्खुवासभामा पहिरोले भेडी गोठ पुरिँदा दुई सयभन्दा बढी भेडा हराए, एक जना घाइते  

सङ्खुवासभामा पहिरोले भेडी गोठ पुरिँदा दुई सयभन्दा बढी भेडा हराए, एक जना घाइते  


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० जेष्ठ २०८३
  • 665
    Shares

पोखरा, १० जेठ २०८३।

सङ्खुवासभामा पहिरोले भेडी गोठ पुरिँदा दुई सयभन्दा बढी भेडा हराएका छन् भने एक जना गोठाला घाइते भएका छन्।  

शनिबार आएको पहिराले सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा स्थानीय दलबहादुर गुरुङको भेडी गोठ पुरिँदा दुई सय १८ भन्दा बढी भेडा हराएका हुन्। 

पहिरोमा पुरिएका मध्ये हालसम्म ३२ वटा भेडा मात्रै जीवित अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।  

मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाएको हो। भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर हराएको भएको

वर्षापछि फोक्टे क्षेत्रमा अचानक आएको पहिरो आएको जनाइएको छ। पहिरोमा पुरिएका ३२ भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्। 

पहिरोमा परेर २० वर्षीय झलक गुरुङ घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। 

भेडीगोठमा रहेका अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेका छन्। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया