जिल्ला कारागार झापाका जबर्जस्ती करणी मुद्दामा दोषी ठहरिएका एक कैदीको निधन

जिल्ला कारागार झापाका जबर्जस्ती करणी मुद्दामा दोषी ठहरिएका एक कैदीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० जेष्ठ २०८३
  • 1.5K
    Shares

झापा हिल्ला कारागार

पोखरा, १० जेठ २०८३।

जिल्ला कारागार झापाका एक कैदीको निधन भएको छ।

जिल्ला कारागार झापामा जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको शनिबार बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घिमिरेलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा त्यहाँबाट थप उपचारका लागि सोही रात ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको र त्यहाँ पनि उपचार हुन नसके पछि बिर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा आज बिहान ३ः४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए। मृतकको शव बिएण्डसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया