घर पुर्याइदिनुपर्ने ११ लाख रुपियाँ हत्याउन रुकुम पश्चिममा नक्कली लुटपाट : जिप चालक पक्राउ, अन्य फरार

घर पुर्याइदिनुपर्ने ११ लाख रुपियाँ हत्याउन रुकुम पश्चिममा नक्कली लुटपाट : जिप चालक पक्राउ, अन्य फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ जेष्ठ २०८३
  • 2.7K
    Shares

पोखरा, ९ जेठ २०८३।

रुकुममा घर पुर्याइदिने जिम्मा लिएर आएको रकम लुटपाटको नाटक गर्ने एक जना जिप चालक पक्राउ परेका छन्।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. १ फिलिङ्गे घर भएका बा १३ च . २९५७ नं. को डबलक्याप बोलेरो जिप चालक २५ वर्षीय मुकेश बि.क. घर पुर्याइदिने जिम्मा लिएर आएको रकम लुटपाटको नाटक गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार , गत मंगलबार अभियुक्त बिकलाई आठबिसकोट नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक खडक बुढाले ‘घरमा श्रीमतीलाई दिनु ‘भनेर ११ लाख ३५ हजार रुपियाँ दिएका थिए। यति ठुलो रकम घर पुर्याउनुपर्ने जिम्मा पाएका जिप चालक बिकले आफ्ना साथीहरु लगाएर लुटपाटको नाटक गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

हाल प्रहरीको नियन्त्रणमा रहेका चालक बिकले झारमारे भन्ने स्थानमा पुगि यात्रुहरुले नास्ता खान गाडी रोकेको अबस्थामा आफ्ना केही साथीहरुलाई आफुले गाडीमा कसैको पैसा ल्याएको र सो पैसा लुटने योजना बनाएको बताइएको छ ।

साथीहरुसंग मिलेर गरेको योजना मुताबिक चालक बिकले आफ्नो गाडी रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नं. २ तितेमिरे जंगलमा पुर्याए पछि गाडी रोकी ब्लक गरेको बाटो खुलाउन जाँदा एक्कासी जंगलबाट चार जना ब्यक्तीहरु अनुहारमा मुकुन्डो लगाई रोकी राखेको गाडीमा प्रबेश गरी उक्त गाडीमा रहेको पैसाको झोला लिई जंगलतर्फ भागेको बताइएको छ।

पुर्ब योजना बमोजिम निज गाडी चालक माथी हातपात गरे जस्तो गरी चालकको साथ राखेको दुई वटा मोबाईल फोन र गाडी भित्र चालकको सिट नजिक रहेको झोला लिई फरार रहेको खुल्न आएको प्रहरीको दाबी छ। तर प्रहरीले लुटिएको भनिएको पैसा मध्ये ११ लाख ३० हजार चालक मुकेश बि.क.ले राख्न लगाएको घटनास्थल नजिकैको जंगलबाट बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त नक्कली लुटपाटमा संलग्न अन्य फरार रहेका भए पनि जिप चालक मुकेश बि.क. लाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया