महोत्तरीमा गाउँपालिकाका हाकिम ७२ हजार रुपियाँ घुस रकमसहित रंगेहात पक्राउ

महोत्तरीमा गाउँपालिकाका हाकिम ७२ हजार रुपियाँ घुस रकमसहित रंगेहात पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • 1K
    Shares

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव

पोखरा,८ जेठ २०८३।

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले यादवलाई एक उपभोक्ता समिति अध्यक्षसँग ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा औरही सडक क्षेत्रबाट पक्राउ गरेको हो।

अख्तियारले यादवसँग थप रकमसमेत रहेको आशंका गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ। स्थानीय तहमा फेरि घुस प्रकरण सार्वजनिक भएपछि सरकारी संयन्त्रभित्रको भ्रष्टाचारमाथि गम्भीर प्रश्न उठेको छ।

प्रतिक्रिया