पोखरा,८ जेठ २०८३।
अनलाइन ठगी गरेको आरोपमा गोरखाबाट वडासदस्यसहित तीन जना पक्राउ परेका छन्।
गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर २ का वडा सदस्य लक्ष्मण लामिछानेसहित तीन जना अनलाइन ठगी गरेको आरोपमा पक्राउ परेका हुन्। वडा सदस्य लामिछानेसहित सोही गाउँपालिकाकै कोपिला लामिछाने र सिरान्चोक गाउँपालिका-७,का यदु पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जानकारी। दिएको छ।
उनीहरुविरुद्ध रौतहट चन्द्रनिगाहपुर-२,की रेणु माया थिङले प्रहरीमा अनलाईन ठगी सम्बन्धि उजुरी दिएको प्रहरीले बताएको छ। उनीहरुले चिठ्ठा परेको भन्दै प्र’लोभन देखाएर थिङबाट ७० लाख रुपैयाँ अनलाइन ठ’गी गरेको आरोप छ।
लामिछानेले गाउँपालिकाकै सोझा साझालाई ऋण मिलाइदिने भन्दै बैंकमा खाता खोल्न लगाई ठ’गी धन्दा चलाउदै आएका प्रहरीको भनाइ छ।