पोखराका जग्गा ब्यबसायी जिसीले बुटवलमा होटलको छतबाट हाम फालेर गरे मृत्युवरण : चार जना साथी पक्राउ

पोखराका जग्गा ब्यबसायी जिसीले बुटवलमा होटलको छतबाट हाम फालेर गरे मृत्युवरण : चार जना साथी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • 2.1K
    Shares

बुटवलको नेपालगञ्ज रोडस्थित दियो ईन होटल

पोखरा,८ जेठ २०८३।

पोखराका एक ब्यबसायीले बुटवलको नेपालगञ्ज रोडस्थित एक होटलको छतबाट हाम फालेर मृत्युबरण गरेपछि उनीसंगै गएका अन्य चार जना पक्राउ परेका छन्।

आफ्ना चार जना साथीसहित बुटवलको नेपालगञ्ज रोडस्थित दियो ईन होटलमा बास बस्न पुगेका पोखराका जग्गा ब्यबसायी कृष्णहरी जीसीले जेठ १ गते बिहान करिब २ बजे होटलको छतबाट हाम फालेर मृत्युवरण गरे पछि उनीसंगै गएका उनका चार जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूबीच जग्गा कारोबारको विषयलाई लिएर विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि मृतकका छोराले सँगै रहेका व्यक्तिहरूले मानसिक दबाब दिई आत्महत्या गर्न बाध्य पारेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीले तीन जनालाई तत्काल नियन्त्रणमा लिएको थियो भने फरार रहेका अर्का एक जनालाई काठमाडौँबाट पक्राउ गरिएको जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ परेका चारै जनामाथि आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।

प्रतिक्रिया