पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, १३ जना बिरामी

पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, १३ जना बिरामी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • 1.6K
    Shares

पोखरा,८ जेठ २०८३।

पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना बिरामी परेका छन्।  

जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए। 

प्रहरीका अनुसार , विनिमाया कामु मगर, बालकुमारी खाम्चा र यममाया जर्घा मगरले गत शुक्रबारघर नजिकैको जंगलबाट जंगली च्याउ खोजेर ल्याई पकाएर खाएका थिए। तर शनिबार बिहानदेखि बान्ता र झाडापखला हुन थालेपछि उनीहरुलाई उपचारका लागि तानसेनस्थित  मिसन अस्पताल पुर्याइएको थियो। सोही अस्पतालमा उपचार हुँदा हुँदै विनिमायाको सोमबार र बालकुमारीको मङ्गलबार मृत्यु भएको डिएसपी भट्टराइले बताए। च्याउ खाई बिरामी भएकी ५० वर्षीया यममाया जर्घा मगरको भने उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , पाल्पाको तानसेन, निस्दी र माथागढीमा पनि विषालु च्याउ खाएर १२ जना बिरामी परेका छन्। तर त्यस बारे बिस्तृत विवरण आइनसकेको प्रहरीले बताएको छ।  

प्रतिक्रिया