पोखरा, ७ जेठ २०८३।
झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
झापाको हल्दिबारी गाउँपालिका–५ मा ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेको आरोपमा सोही ठाउँका ४४ वर्षीय गोकर्ण भण्डारी पक्राउ परेका हुन्ले।
गत जेठ ५ गते राति घरायसी वादविवादका क्रममा गोकर्णले श्रीमती उर्मिलाको टाउकोमा बाम्फोक प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार , टाउकोमा गम्भीर चोट लागेकी उर्मिलाको घटनास्थलमै मृत्यु भएको थियो । पत्नीको हत्या गरिसकेपछि गोकर्णले छिमेकीको घरमा पुगेर आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए । त्यसपछि मात्र छिमेकीले उक्त हत्या बारे प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न गोकर्णलाई तत्कालै नियन्त्रणमा लिएको हो । उर्मिलातर्फ एक छोरी र एक छोरा रहेका छन् ।
प्रहरीले घटनामा प्रयोग गरिएको हतियार बाम्फोकसमेत उनलाई घटनास्थलबाटै बरामद गरेको छ। पक्राउ परेको गोकर्णलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान अघि बढाइएको छ।