जेन जी आन्दोलनमा कास्की कारागारबाट भागेका कैदी बागलुङमा आठ महिनापछि चोरीको आरोपमा फेरि समातिए

जेन जी आन्दोलनमा कास्की कारागारबाट भागेका कैदी बागलुङमा आठ महिनापछि चोरीको आरोपमा फेरि समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ जेष्ठ २०८३
  • 1.2K
    Shares

जेन जी आन्दोलनमा कास्की कारागारबाट भागेका बागलुङक मिठु किसान भन्ने सुरेश बोहोरा

पोखरा , ६ जेठ २०८३।

जेन जी आन्दोलनमा कास्की कारागारबाट भागेका एक कैदी आठ महिनापछि बागलुङमा फेरि चोरी गरेको आरोपमा समातिएका छन्।

गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका बागलुङ नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३४ को मिठु किसान भन्ने सुरेश बोहोरा झन्डै आठ महिना पछि बागलुङ्मा नै चोरी गरेको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार , अभियुक्त बोहरा गएको जेठ १ गते बागलुङ नगरपालिका वडा नं. २ शिवधाराचोकस्थित खड्कबहादुर खत्रीको पसलबाट सामसुङ कम्पनीको मोडल SM-A166p/DS मोबाईल चोरी गरेको आरोपमा पक्राउ परेका हुन्। अभियुक्त बोहराबिरुद्ध बागलुङ प्रहरीले फेरि बागलुङ जिल्ला अदालतबाट चोरी कसूरमा पांच दिनको को म्याद थप गरेर अनुसन्धान शुरु गरेको प्राप्त समाचारमा जनाइएको छ।

अभियुक्त बोहरालाई जिल्ला अदालत बागलुङले नै २०८० साल जेठ २ गते नकबजनी चोरी मुद्दामा दोषी ठहर गर्दै तीन वर्ष एक महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने गरि फैसला गरेपछि सोही फैसला बमोजिम कैद भुक्तानका लागि कास्की जिल्ला कारागार चलान भएका थिए। कैद भुक्तानकै क्रममा गएको भदौ २३ र २४ गत्ते भएको जेन जी आन्दोलनका क्रममा उनी कास्की कारागारबाट भागेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया