प्रेमको नाटक गरेर युवतीसंग रकम असुली गरेको आरोपमा एक युवा पोखराबाट पक्राउ

प्रेमको नाटक गरेर युवतीसंग रकम असुली गरेको आरोपमा एक युवा पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ जेष्ठ २०८३
  • 1.7K
    Shares

पोखरा , ६ जेठ २०८३।

प्रेमको नाटक गरेर युवतीसंग रकम असुली गरेको आरोपमा एक युवा पोखराबाट पक्राउ परेका छन्।

म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ डम्मरा का २२ वर्षीय आशिष थापा प्रेमको नाटक गरेर युवतीसंग रकम असुली गरेको आरोपमा पोखरामा पक्राउ परेका हुन्।

अभियुक्त थापाबिरुद्ध प्रेम सम्बन्धको नाटक गरेर युवतीको अश्लिल भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै रकम तथा गरगहना ठगी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।

अभियुक्त थापाले ती युवतीसँग प्रेमसम्बन्ध नाटक गरेर पीडित युवतीसँग अस्लिल भिडियो बनाइ उक्त भिडियो सार्वजनिक गर्ने धम्की दिँदै नौलाख १० हजार तीनसय ७० रुपैयाँ बराबरको रकम तथा गरगहना ठगी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिए।


पीडितको उजुरीपछि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदाम कास्कीको समन्वयमा उनलाई पोखरा महानगरपालिका–६ लेकसाइडबाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक तिमिल्सिनाले बताए ।

पक्राउ परेका थापालाई म्याग्दी जिल्ला अदालतबाट आपराधिक लाभ (ठगी) तथा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा शिर्षकमा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया