विराटनगरमा ग्याँस बुलेटको ठक्करबाट साइकल यात्री बाबुछोरीको मृत्यु

विराटनगरमा ग्याँस बुलेटको ठक्करबाट साइकल यात्री बाबुछोरीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ जेष्ठ २०८३
  • 1.1K
    Shares

पोखरा , ५ जेठ २०८३।

विराटनगरमा ग्याँस बुलेटको ठक्करबाट साइकल यात्री बाबुछोरीको मृत्यु भएको छ।

विराटनगरबाट रानीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट AS 01 FC 0919 को एलपी ग्यास बुलेट गुडिरहेको अवस्थामा कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका-१४ स्थित हनुमान मन्दिर अगाडि एकाएक आईसीपी (एकीकृत जाँच चौकी) तर्फ मोड्ने क्रममा गुडिरहेको साइकललाई ठक्कर दिंदा बाबुछोरीको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर मृत्यु हुनेहरूमा विराटनगर महानगरपालिका–१४ जतुवाका ४५ वर्षीय शिवचरण ठाकुर र उनकी १३ वर्षीया छोरी गरिमा ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ।

​दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि कोशी अस्पताल पुर्‍याइएकोमा दुवै जनाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए।

​घटना लगतै आक्रोसित स्थानीय बासिन्दाले ग्यास बुलेटमा तोडफोड गरेको प्रहरीले जनाएको छ। ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया