‘वान टु’ लेख्न नजानेको भन्दै चार वर्षीय बालकलाई निलडाम हुने गरी कुट्ने शिक्षिका पक्राउ

‘वान टु’ लेख्न नजानेको भन्दै चार वर्षीय बालकलाई निलडाम हुने गरी कुट्ने शिक्षिका पक्राउ

  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ जेष्ठ २०८३
  • 3.1K
    Shares

पोखरा , ४ जेठ २०८३।

अंग्रेजीमा ‘वान टु’ लेख्न नजानेको भन्दै चार वर्षीय बालकलाई निलडाम हुने गरी कुट्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।

पाँचथर फिदिम नगरपालिका वडा नम्बर १४ लुङरुपास्थित “पाँचथर लुङरुपा एकेडेमी बोर्डिङ स्कुल” को L.K.G. मा अध्ययनरत चार वर्षीय बालक सेसेफुङ नेम्बाङलाई अंग्रेजीमा ‘वान टु’ लेख्न नजानेको भन्दै निलडाम हुने गरी कुट्ने सोही विद्यालयकी शिक्षिका सुबित्रा सेन्दाडलाई प्रहरीले पक्राउ गरेको हो ।

पारिवारिक स्रोतका अनुसार साना बालबालिकालाई अक्षर र अङ्क सिकाउने बहानामा विद्यालयमा यस प्रकारको अ’मा’नवीय या’तना दिइएको यो पहिलो पटक भने होइन। यस्ता घटना बारम्बार दोहोरिने गरेको पीडित बालकका अभिभावकले गुनासो गरेका छन्।

गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचाररत घाइते बालक । तस्बिर : राधा लुइटेल
गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचाररत घाइते बालक । तस्बिर : राधा लुइटेल

प्रतिक्रिया