जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा, ३ जेठ २०८३।

जिल्ला अस्पताल बैतडी को पुरानो गोदाममा आइतबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब साढे ३ बजेतिर लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा करिब ४ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार गोदाममा पुराना प्रयोग भइसकेका स्वास्थ्य सामग्री तथा लिलामी प्रक्रियामा रहेका विभिन्न सामान राखिएका थिए। आगलागीबाट गोदामभित्र रहेका केही सामग्रीमा क्षति पुगेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार गोदाम नजिकै फोहोर जलाउन बालिएको आगोबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि आगो कसरी सल्कियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया