बाजुराको बडिमालिका दर्शन गर्न जाँदै गर्दा राष्ट्रिय सतर्कता केन्द्रका लेखा अधिकृत पन्थीको निधन

बाजुराको बडिमालिका दर्शन गर्न जाँदै गर्दा राष्ट्रिय सतर्कता केन्द्रका लेखा अधिकृत पन्थीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ जेष्ठ २०८३
  • 988
    Shares

पोखरा, ३ जेठ २०८३।

राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत ५६ वर्षीय लेखा अधिकृत विश्वराज पन्थीको बाजुराको बडिमालिका दर्शन गर्न जाने क्रममा निधन भएको छ। आफ्नो टोलीसँगै बडिमालिका दर्शनका लागि जाँदै गर्दा बाजुराको बडिमालिका नगरपालिका–८ स्थित खारेको जङ्गलमा बेहोश भएका ५६ वर्षीय लेखा अधिकृत पन्थीको उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याइए लगत्तै निधन भएको हो।

पन्थीसँगै सतर्कता केन्द्रमै कार्यरत उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे र लेखापाल उमेश शर्मा पनि बडिमालिका दर्शन गर्न भनेर बाजुरा पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया