बोक्सीको आरोप लगाउदै एकल महिलालाई कुटपिट गरेर मलमुत्र खुवाएको आरोपमा एक जना पक्राउ

बोक्सीको आरोप लगाउदै एकल महिलालाई कुटपिट गरेर मलमुत्र खुवाएको आरोपमा एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ जेष्ठ २०८३
  • 2K
    Shares

पोखरा, ३ जेठ २०८३।

रौतहटमा एक एक्ला महिलालाई बोक्सीको आरोप लगाउदै कुटपिट गरेर मलमुत्र खुवाएर अमानवीय ब्यबहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया टोलकी एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेर मलमुत्र खुवाएर अमानवीय ब्यबहार गरेको आरोपमा स्थानीय राजेन्द्र माझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद बस्यालले जानकारी दिए।सोही घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार