काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट महिला कैदी भागिन्

 काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट महिला कैदी भागिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ जेष्ठ २०८३
  • 1.2K
    Shares

काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार

पोखरा, २ जेठ २०८३।

 काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक जना महिला कैदी भागेकी छिन्

उक्त कारागारको महिला ब्लकमा रहेकी नुवाकोटकी २५ वर्षीया सपना तामाङ कारागारबाट भागेकी हुन्। शुक्रबार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर उनी भागेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले जानकारी दिए।

कारागार कम्पाउन्डको झ्यालबाट चढेर उनले पर्खाल नाघेको केन्द्रीय कारागारका अधिकारीहरू बताउँछन् । त्यसबारे अनुसन्धान भइरहेको एसएसपी धितालले बताए ।

अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय तोकिएकी तामाङ केन्द्रीय कारागारमा कैदी जीवन बिताई रहेकी थिइन्।

केन्द्रीय कारागारको सुरक्षा प्रमुखमा डीएसपी शैलेश न्यौपाने छन् । केन्द्रीय कारागारस्थित महिला बन्दी गृहमा २०८२ फागुन १ मा पनि झडप भएको थियो । महिला बन्दी गृहमा तीन सय जना भन्दा बढी महिला कैदी बन्दीलाई राखिएको छ ।

प्रतिक्रिया