पोखरा, २ जेठ २०८३।
पर्यटकको आकर्षण केन्द्रको रुपमा विकास हुँदै गएको लमजुङको परेवा डाँडास्थित मणिडाँडामा स्थापित जोडी परेवाको सालिक तोडफोड भएको छ।
सार्वजनिक स्थलमा स्थापित सांकेतिक तथा पर्यटकीय महत्व बोकेको सालिक तोडफोड गरिनु दुःखद भएको भन्दै स्थानीयले घटनाको निन्दा गरेका छन्। घटनामा संलग्न व्यक्तिको खोजी गरी आवश्यक कारबाही गर्नसमेत स्थानीयले आग्रह गरेका छन्।
लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवा डाँडास्थित मणिको डाँडामा स्थापित जोडी परेवाको सालिक तोडफोड गरिएको हो ।

वडा कार्यालयले सात लाख रुपैयाँ लगानी हालेर बनाइएको उक्त शालिक कसले तोडफोड गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन।