पोखरा, १ जेठ २०८३।
लमजुङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
उदिपुरबाट जाँदै गरेको मोटरसाइकलले बेंशीशहर नगरपालिका-११, रामचोक बेसीमा आज बिहान ७:३० बजे ठक्कर दिंदा घाइते भएका पैदलयात्री स्थामीय ७४ वर्षीय महनीदी सेढाईको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते पैदलयात्री बृद्ध सेढाईको उपचारका क्रममा ८:५० बजे प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
हो ।
दुर्घटनामा घाइते भएका २० वर्षीय चालक बिकेश तामाङको छाती र घुँडामा चोट लागेको छ र उनको हाल उपचार भइरहेको छ। एआईले तयार पारेको चित्र