पोखरा, १ जेठ २०८३।
प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा दुर्घटनाग्रस्त हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर भ्यान चालक प्युठान नगरपालिका–४ का २४ वर्षीय दिलिप परियार र सोही भ्यानमा सवार मल्लरानी गाउँपालिका–५ धुदीका २६ वर्षीयअभिषेक कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिए ।