सवारी ज्यान मुद्दामा दोषी कमल जोशी लमजुङमा पक्राउ

सवारी ज्यान मुद्दामा दोषी कमल जोशी लमजुङमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा , ३१ बैशाख २०८३।

सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजायं तोकेका एक व्यक्ति लमजुङमा पक्राउ परेका छन्।

लमजुङ जिल्ला अदालतले सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै पांच महिना एक दिनको कैद सजाय सुनाइएका लमजुङको मध्यनेपाल-६ बस्ने कमल जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

अदालतले दोषी ठहर गरे लगत्तैदेखि बेपत्ता रहेका जोशीलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भोर्लेटारले जानकारी दिएको छ।

पक्राउ परेका जोशीलाई अदालतको फैसला कार्यान्वयनका लागि बिहीबार लमजुङ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया