नुवाकोटको किम्ताङ हत्या प्रकरण : धादिङको खनियाँबासबाट दुई जना पक्राउ

नुवाकोटको किम्ताङ हत्या प्रकरण : धादिङको खनियाँबासबाट दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ बैशाख २०८३
  • 1.2K
    Shares

पोखरा , ३१ बैशाख २०८३।

नुवाकोटको किम्ताङ हत्या प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनवहादुर तामाङ भनिने धने तामाङ र माईला भनिने सोमवहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई धादिङको खनियाँबास गाउँपालिका वडा नम्बर ५ भिरवन भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीले घटनासँग सम्बन्धित तीन थान भरुवा बन्दुससहित खुकुरी र मोटरसाईकल बरामद गरि थप अनुसन्धान अघि बढाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया