पोखरा , ३१ बैशाख २०८३।
पर्यटकीय नगरी पोखराको गहना फेवातालको किनारमा बुधबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक चिनिया नागरिक घाइते भएका छन् ।
पोखरा महानगरपालिका १८, खपौदीमा बुधबार प्याराग्लाइडिङ दुर्घटनाग्रस्त हुँदा चिनिया नागरिक ६४ वर्षीय लि जिन मिन घाइते भएका हुन् ।
घाइते मिनको अवस्था मध्यम रहेको र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
दुर्घटनामा परेको प्याराग्लाइडिङका पाइलट भने सकुशल रहेको प्राप्त समाचारमा जनाइएको छ ।