चार तला माथि छतबाट खसेर दुई मजदुरको मृत्यु

चार तला माथि छतबाट खसेर दुई मजदुरको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा , ३१ बैशाख २०८३।


 सर्लाहीमा निर्माणाधीन एक घरको छत भत्किँदा दुई कामदारको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका–१० बस्ने रंजित यादवको चारतल्ले पक्की घरमा काम गरिरहेका दुई मजदुरको छतसहित जमिनमा खसेर मृत्यु भएको हो । 

पानी ट्यांकी राख्नका लागि बनाइएको ढलान छत प्लास्टर गर्ने क्रममा बुधबार अपराह्न करिब पौने पाँच बजेतिर मलंगवा नगरपालिका–२ बस्ने ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ बस्ने ४० वर्षीय राजकिशोर यादवको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

चारतल्ले पक्की घरको छतबाट खसेर गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएकोमा उपचारकै क्रममा साँझ चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया