गुल्मीमा घरेलु विवादले लियो ज्यान, श्रीमतीको मृत्यु

गुल्मीमा घरेलु विवादले लियो ज्यान, श्रीमतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० बैशाख २०८३
  • 1.6K
    Shares

पोखरा , ३० बैशाख २०८३।

गुल्मीमा मादक पदार्थ खाए पछि भएको बिबादमा एक जनाले आफ्नी श्रीमतीको हत्या गरिदिएका छन्।

जिल्लाको इश्मा गाउँपालिकामा–६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालले लबार बेलुका मादक पदार्थ सेवन गरेपछि भएको बिबादमा आफ्नी ४३ वर्षीया श्रीमती एमी भनिने सुमित्रा कुमालको कुटेर हत्या गरेका हुन्।

श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी एमी भनिने सुमित्रा कुमालको जिल्ला अस्पताल तम्घासमा उपचारकै क्रममा राति १२ बजे  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर सारुले जानकारी दिए।

मृतक सुमित्राको मुखमा र घाँटीमा चोट लागेको थियो भने छातीका सात वटा करङ भाँचिएको अस्पतालको प्रतिवेदनमा उल्लेख छ । अहिले थम्मनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको छ ।

प्रतिक्रिया